प्रसूति गृहमा कोरोना संक्रमित ३५ महिलाले दिए सन्तानलाई जन्म
काठमाडौं। थापाथलीस्थित परोपकार प्रसूति गृहमा कोरोना सङ्क्रमण भएका ३५ जना महिलाले सन्तानलाई जन्म दिएका छन्। वैशाखको तेस्रो साता यता १२ र जेठमा आठ गरी २० महिलाले शल्यक्रियामार्फत सन्तानलाई जन्म दिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार वैशाखमा आठ र जेठमा सात गरी १५ को ‘नर्मल डेलिभरी’ भएको थियो। संक्रमित महिलालाई अरुबाट छुट्टै राखेर प्रसूति सेवा दिइएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताए।
प्रतिक्रिया दिनुहोस्