प्रहरीको सक्रियतामा ३१७ वटा अक्सिजन सिलिन्डर सङ्कलन
काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ३१७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। तीमध्ये २२९ वटा भरिएका र ८८ खाली सिलिन्डर रहेका छन्। सङ्कलन गरिएका ३१७ वटा र यसअघिको स्टक रहेका ५० वटा गरी जम्मा ३६७ वटा सिलिन्डरमध्ये शुक्रबार २८९ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ।
प्रतिक्रिया दिनुहोस्