अष्ट्रेलियाले सैनिक विमानमा नेपाललाई स्वास्थ्यसमाग्री पठाउँदै
काठमाडौं। अष्ट्रेलिया सरकारले नेपाललाई कोरोना नियन्त्रणका लागि आवश्यक सामान खरिद गर्न ७० लाख अष्ट्रेलियन डलर (६३ करोड ४० लाख रुपैयाँ) दिने घोषणा गरेको छ। अष्ट्रेलियाले संयुक्त राष्ट्रसंघीय संस्था र गैरसरकारी संस्थामार्फत उक्त रकम उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै अष्ट्रेलिया सरकारले सहयोगस्वरुप प्रदान गर्ने स्वास्थ्यसामाग्रीहरु जेठ २१ गते अष्ट्रेलियन सेनाको जहाजमा नेपाल पठाउने परराष्ट्रले बताएको छ।
प्रतिक्रिया दिनुहोस्