कोरोनाकालमा बन्द कोठा र एसीमा बस्नु खतरनाक
काठमाडौं। खुल्ला घरमा कोरोना संक्रमणको खतरा कम हुने वैज्ञानिकहरुले बताएका छन्। भेन्टिलेसनको राम्रो व्यवस्था र कोठाभित्रको हावा सहजै बाहिर जान सक्ने अवस्थामा संक्रमण फैलने खतरा कम हुने उनीहरुको भनाइ छ। खुल्ला स्थानमा भायरल लोड कम हुने र एक व्यक्तिबाट अर्कोमा संक्रमण फैलने सम्भावना निकै कम हुन्छ। एसी राखिएको कोठा बन्द हुने हुँदा भाइरस एकबाट अर्को व्यक्तिमा सहजै फैलने वैज्ञानिक बताउँछन्।
प्रतिक्रिया दिनुहोस्