स्वीट्जरल्याण्डद्वारा नेपाललाई स्वास्थ्यसामाग्री हस्तान्तरण काठमाडौं। स्वीट्जरल्याण्ड सरकारले नेपाललाई कोरोनाविरुद्ध लड्न स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ। चार्टर्ड विमानमा आज बिहान काठमाडौं आइपुगेको ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको लागि स्वीट्जरल्याडकी राजदूत एजिजाबेथ भोन क्यापलरले स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयष त्रिपाठीलाई हस्तान्रण गरेकी हुन्। परराष्ट्र मन्त्रालयकाअनुसार स्वीट्जरल्याण्डले४० थान भेन्टिलेटर,१० वटा अक्सिजन कन्सन्ट्रेटर, ११ लाख एन्टिजेन टेस्टकिट, एक हजार नासल क्यानुला, मास्क र ग्लोभ लगायतका सामाग्री प्रदान गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्