घरघरमा औषधि पुर्याउदै साँगुरीगढी गाउँपालिका
धनकुटा। साँगुरीगढी गाउँपालिकाले कोरोना भाइरस संक्रमित विरामीकाे घरमै पुगेर औषधि वितरण गरेको छ।विरामीलाई चाहिने ज्वरो,निमोनिया,पखला,भिटामिन,मास्क,स्यानिटाइजरलगायतका सामग्री वितरण गरेको साँगुरीगढी गाउँ कार्यपालिका सदस्य बालकृष्ण राईले बताए। साँगुरीगढीमा हालसम्म ३० जनामा कोरोना संक्रमण देखिएको छ।उनीहरु होम आइसोलेसनमा बसेको बताइएको छ। त्यस्तै डक्टर र अन्य स्वास्थ्यकर्मी नियुक्त गरेरआइसोलेसन वेड सञ्चालनको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस्