अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता हेटौंडा। निजी उद्येमीको लगानीमा हेटौंडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्न सम्झौता भएको छ। सो अक्सिजन प्लान्ट स्थापना गर्न मकवानपुर उद्योग संघकातर्फबाट अध्यक्ष लेखराज पोखरेल र हेटौंडा अस्पतालको व्यवस्थापन अध्यक्ष राजेश प्रसाईंबीच सम्झौता भएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तमराज सेढाईंले बताए।हेटौंडाका उद्योगपतिको निजी लगानी एक करोड २८ को लागतमा एक महिनाभित्रमा अक्सिजन प्लान्ट स्ठापना गरिने बताइएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्