भ्याक्सिन लगाएका महिलाले स्तनपान रोक्नु नपर्ने काठमाडौं। भ्याक्सिन लगाएपछि महिलाले स्तनपान नियमित गराउनसक्ने चिकित्सकहरुले बताएका छन्। उनीहरुका अनुसार भ्याक्सिन लगाउनेबित्तिक्कै बिनारोकटोक बच्चालाई दूध पिलाउन सकिन्छ।तर, भ्याक्सिनको पहिलो डोज जुन कम्पनीको लिएको हो सोही कम्पनीको दोस्रो डोज लिनुपर्ने उनीहरु बताउँछन्। पहिलो र दोस्रो फरकफरक कम्पनीको लगाउन नहुने भन्नेबारे अहिलेसम्म कुनै अनुसन्धान नभएको पनि चिकित्सकहरुको भनाइ छ। तर पनि एउटै कम्पनीको लगाउनु उचित हुने उनीहरुको सल्लाह छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्