१३ अस्पताललाई अक्सिजनप्लान्ट जडान गर्न करिब १८ करोड दिइने
काठमाडौं। सरकारले देशका १३ अस्पतालहरुलाई अक्सिजनप्लान्ट खरिद तथा जडान र एचडियू जडान गर्न १७ करोड ८७ लाख ७० हजार रुपैयाँ दिने निर्णय गरेको छ। भक्तपुर क्यान्सर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चरिकोट अस्पताल, जिरी अस्पताल,बाजुरा अस्पताल,बझाङ अस्पताल,डोटी अस्पताल,अछाम अस्पताल,सोलुखुम्बु अस्पताल,खोटाङ अस्पताल,ताप्लेजुङ अस्प्ताल, सूर्यबिनायक अस्प्ताल र मदन भण्डारी अस्प्ताल तथा ट्रमा सेन्टरलाई उक्त रकम दिन लागिएको अर्थ मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्