महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा महोत्तरी। महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा जारी गरिएको छ। जेठ १ गतेदेखि आज जेठ १० गते मध्यरातसम्मलाई दोस्रोपटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभर लागू हुने गरी पुनः १० दिन थप गरेको हो। यसअघि गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि पहिलोपटक निषेधाज्ञा जारी गरिएको थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्