संक्रमितको घरमै औषधि पुर्‍याउदै 'छथर जोरपाटी' गाउँपालिका धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कोरोना संक्रमित विरामीलाई घरमै पुगेर औषधि र अन्य पोषणका सामग्री वितरण गरिरहेका छन्। गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु, उपाध्यक्ष भीमकला श्रेष्ठ र कार्यालयका कर्मचारीसहितको टोलीले संक्रमितका घरमै पुगेर ज्वरो, निमोनिया,झाडापखला, भिटामिन र अण्डा वितरण गरेको अध्यक्ष लिम्बुले बताए। छथर जोरपाटीमा हाल ४७ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने २ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्