डायबिटिजपीडितलाई ब्ल्याक फंगस खतरनाक एजेन्सी। भारतमा पछिल्लो समय देखापरेको ब्ल्याक फंगस(म्युकरमाइकोसिस)ले सबैभन्दा बढी असर डायबिटिजका बिरामीमा पारेको देखिएको छ। जुन बिरामीलाई डायबिटिज भएको छ, उसलाई ब्ल्याक फंगस संक्रमण हुने खतरा अधिक रहेको चिकित्सकहरु बताउँछन्। डायबिटिजले शरीरमा अन्य कुनै पनि रोग फैलन वातावरण बनाइदिने उनीहरुको भनाइ छ। त्यसकारण पनि डायबिटिजका बिरामीले कोरोना र ब्ल्याक फंगस हुन नदिन सुगर लेभल नियन्त्रणमा राख्नुपर्ने चिकित्सकहरुको राय छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्