अब देशभरका ७६ वटा अस्पतालबाट कोभिड-१९ संक्रमितको निःशुल्क उपचार
काठमाडौं। देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितले निःशुल्क उपचार सेवा पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) अध्यावधिक गरेको विवरणअनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग सम्झौता गरिएको छ। सम्झौता गरिएका सबै निजी तथा सरकारी अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुनेछ भने अस्पताललाई निःशुल्क उपचार गरे वापतको खर्च सरकारले उपलब्ध गराउने छ।
प्रतिक्रिया दिनुहोस्