एनआरएनएले चीनबाट पाँचसय अक्सिजन कन्सन्ट्रेटर पठाउने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा रहेका कोरोना संक्रमितको उपचारमा सघाउन पाँचसय वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने भएको छ। ‘चीनबाट५०० अक्सिजन कन्सन्ट्रेटरको अर्डर गरिएको छ र सकेसम्म छिटो नेपाल पुर्‍याउने पहल भइरहेको छ’, संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत संघले यसअघि ओमानबाट५६० अक्सिजन सिलिण्डर र ती सिलिण्डरको लागि चाहिने५६० रेगुलेटर चीनबाट ल्याएर हस्तान्तरण गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्