काठमाडौं महानगरपालिकामा एन्टीजेन परीक्षणको दायरा बढाइयो
काठमाडौं। कोरोना महामारीको जोखिम बढेसँगै काठमाडौं महानगरपलिकाले कोरोना परीक्षणको दायरा बढाएको काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले बताए। उनकाअनुसार जेठ १४ गते देखि १८ गते सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टीजेन परीक्षण गर्ने महानगरपालिकाको तयारी रहेको छ। प्रत्येक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिको प्रयोग गरी नमुना सङ्कलन गर्ने कुँवरले बताए।
प्रतिक्रिया दिनुहोस्