रुसले भारतलाई 'स्पुतनिक लाइट' भ्याक्सिन दिने
एजेन्सी। कोरोनाको दोस्रो लहरको संकट भोगिरहेको भारतलाई रुसले एक डोज लगाए पुग्ने भ्याक्सिन स्पुतनिक लाइट पनि दिने बताएको छ। स्पुतनिक लाइटको अहिले रुसमा तेस्रो चरणको परीक्षण भइरहेको छ। भारतमा स्पुतनिक-भी भ्याक्सिन लगाउने काम भइरहेको छ। साथै, यसको उत्पादनसमेत सोमबारदेखि भारतमै सुरु भइसकेको छ। अब रुसी सहयोगमा चाँडै नै स्पुतनिक लाइटको पनि उत्पादन हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्