योगगुरु रामदेव सोध्छन्– डाक्टरहरु किन बिरामी हुन्छन् त?
एजेन्सी। भारतीय योगगुरु रामदेवले एलोपेथी चिकित्सकहरुमाथि व्यंग्य गर्दै भनेका छन्– एलोपेथी सर्वगुण सम्पन्न छ भने यी डाक्टरहरु किन बिरामी हुन्छन्? कोरोना महामारी बढेदेखि नै रामदेवले एलोपेथी औषधिमाथि प्रश्न उठाउन थालेका हुन्।उनले केही दिनअघि कोरोना नियन्त्रणका लागि एलोपेथी औषधि प्रयोग गर्नुलाई ‘मूर्खता’ बताएका थिए। त्यसपछि सरकारले उनलाई स्पष्टीकरण सोधेको थियो। उनको प्रहार यतिमै सकिएन, सोमबार उनले पुनः एलोपेथीमाथि व्यंग्य कसे।
प्रतिक्रिया दिनुहोस्