उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा थप, किराना पसल र डिपार्टमेन्ट बन्द हुने काठमाडौं। काठमाडौंं उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको छ। आज काठमाडौैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले देखापढीलाई बताए। उनले भने, ‘पहिलेभन्दा थप कडाइ गरेका छौं, किराना पसल, डिपार्टमेन्ट खोल्न नदिने र तरकारी, फलफूल र दूध लगायतका पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न दिने निर्णय भयो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्