अत्यावश्यक वस्तुका पसल ९ बजेसम्म मात्र खूल्ने
काठमाडौं। उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको बिक्री गर्ने पसलहरु विहान ९ बजेसम्म मात्रै खोल्न दिने निर्णय गरेको छ। तरकारी, फलफुल, दुध डेरी, मासु, खानेपानी र ग्यास पसलहरु विहानको ९ बजेसम्म मात्र खुल्ने भएका हुन्। आगामी २० गतेसम्मलाई थपिएको निषेधाज्ञामा किराना र डिपार्टमेन्टल स्टोहरु पनि खोल्न पाइनेछैन।
प्रतिक्रिया दिनुहोस्