भारतको पानीमा भेटियो कोरोना भाइरस, गंगामा शव भेटिएपछि सुरु गरिएको थियो जाँच एजेन्सी। इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च र विश्व स्वास्थ्य संगठनको अध्ययनले भारतमा गरेको एक अध्ययनमा पानीमा कोरोना भाइरसका जिवाणु भेटिएको छ। लखनउमा अनुसन्धानको लागि लिइएको तीन स्याम्पलमध्ये एकमा कोरोना पोजेटिभ पाइएको हो। पानीमा भेटिएका भाइरसले मानिसमा कस्तो असर गर्छ भन्ने अध्ययन अहिले माइक्रोबाइलोजी विभागले गरिरहेको छ।भारतको गंगामा ठूलो संख्यामा शव भेटिएपछि नदिको पानीको जाँच गर्ने योजना अघि बढाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्