प्रधानमन्त्रीको अध्यक्षतामा पहिलो सीसीएमसी बैठक, प्रभावकारी ढंगले काम गर्न निर्देशन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेशअनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समितिको मंगलबार पहिलो बैठक बसेको हो। बैठकमा तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्नेगरी काम गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव खगराज बरालले बताए।
प्रतिक्रिया दिनुहोस्