गरिब मुलुकलाई भ्याक्सिन देऊः युरोपियन युनियन एजेन्सी।युरोपेली युनियनका नेताहरुले गरिब राष्ट्रहरुलाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेका छन्। यसै वर्षको अन्त्यसम्ममा त्यस्ता देशलाई १० करोड डोज खोप उपलब्ध गराउन उनीहरु सहमत भएका हुन्। युरोपमा खोपको उपलब्धता निरन्तर वृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो। ब्रसेल्समा आयोजित दुई दिने शिखर सम्मेलनमा सहभागी २७ राष्ट्रका प्रमुखहरुले खोपको समतामूलक वितरण गर्नेतर्फ आवश्यक गृहकार्य गर्नसमेत आह्वान गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्