भ्याक्सिन निर्माता मोडर्नाको दाबी– ९६ प्रतिशत सफल
एजेन्सी। अमेरिकी भ्याक्सिन कम्पनी मोडर्नाले आफ्नो खोप १२ देखि १७ वर्ष उमेरका मानिसमा ९६ प्रतिशत सफल रहेको दाबी गरेको छ। कोरोनाको सम्भावित तेस्रो लहरहले बालबालिकालाई बढी असर गर्ने आशंकाबीच मोडर्नाको भ्याक्सिनले राहत दिएको चिकित्सकहरु बताउँछन्। ६ महिनादेखि ११ वर्षका बच्चामा परीक्षण गरिरहेको कम्पनीले बताएको छ। खोप लगाएपछि साइडइफेक्टमा टाउको दुख्ने, थकान र रुघा भने लाग्न सक्ने कम्पनीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्