फाइजरको भ्याक्सिन नपाउँदा भारत चिन्तित
एजेन्सी। संसारभर भरपर्दो मानिएको फाइजर कम्पनीको भ्याक्सिन भारतमा आयात नहुँदा चिन्ता बढेको छ। फाइजरले आफ्नो उत्पादन भारतलाई दिनका लागि प्रिअर्डर र रकम चुक्ता गर्नुपर्ने बताएको छ। अमेरिकी कम्पनी फाइजरले अन्य देशलाई पनि यही शर्तमा भ्याक्सिन आपूर्ति गर्दै आएको छ। भारतले सम्बद्ध प्रतिनिधिमार्फत् फाइजर भ्याक्सिन आयात गर्न छलफल गरिरहेको छ। सर्त मिलेमा फाइजरले भारतमा भ्याक्सिन उत्पादन गर्नसमेत सहयोग गर्ने बताएको छ।
प्रतिक्रिया दिनुहोस्