अक्सिजन उद्योगमा राज्यमन्त्री मानन्धरको छड्के
काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ललितपुर र काठमाडौंका केही अक्सिजन उद्योगमा उत्पादन अवस्थाबारे अनुगमन गरेका छन्। अनुगमनका क्रममा राज्यमन्त्री मानन्धर ललितपुरको सगरमाथा अक्सिजन उद्योगमा पुगेर त्यहाँको उत्पादन अवस्था बारे जानकारी लिए। सो उद्योगले दैनिक ९ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरेकोमा मन्त्री मानन्धरले अधिकतन क्षमतामा उत्पादन गर्न निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस्