कोरोना भाइरसको उत्पत्तिबारे डब्लुएचओले पारदर्शी छानबिन गर्नुपर्छ : अमेरिका
बीबीसी। विश्वभर फैलिएको कोरोना भाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य संगठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ। अमेरिकी स्वास्थ्यमन्त्रीले कोरोनाबारे अर्काे चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्लुएचओलाई आग्रह गरेका हुन्। अमेरिकी सञ्चारमाध्यममा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएको सम्बन्धमा प्रमाणहरु बढ्दो विवरणहरु आएका छन्। सबैभन्दा पहिले सन् २०१९मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा कोरोना फेला परेको थियो।
प्रतिक्रिया दिनुहोस्