मकवानपुरमा जेठ २० गतेसम्म निषेधाज्ञा थप काठमाडौं। कोभिड–१९ सङ्क्रमण थप फैलिन नदिन मकवानपुरमा यही जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको समयावधिलाई एक साताका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना नियन्त्रणका लागि जेठ २० गतेसम्म निषेधाज्ञा थप गरेको हो। कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १९ गते रातिदेखि लागू भएको निषेधाज्ञाको समय दोस्रोपटक थपिएको हो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्