लकडाउनले भारतमा पौराणिक शृंखलाका दर्शक बढे एजेन्सी। भारतमा कोरोना संक्रमणका कारण घरभित्रै थुनिएका मानिसहरू बढी मात्रामा पौराणिक टेलिभिजन शृंखला हेर्न थालेको ब्रोडकास्ट अडियन्स नेटवर्कले जनाएको छ। लकडाउनको समयमा रामायण, महाभारतजस्ता पौराणिक टीभी शृंखला देखाउने च्यानललाई बढी फाइदा भएको छ। दर्शकको रेटिङमा यी शृंखला सबैभन्दा माथि रहेका छन्। नेटवर्कका अनुसार पौराणिक सामग्रीका दर्शक बढेर १५.२ अर्ब मिनेट पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्