बंगलादेश पुग्यो ब्ल्याक फंगस, दुईजनामा देखियो एजेन्सी। कोरोनासँगै भारतलाई थप आतंकित बनाइरहेको ब्ल्याक फंगस अब बंगलादेशमा देखिएको छ। मंगलबार ढाकास्थित अस्पतालमा उपचार गराइरहेका दुईजनामा ब्ल्याक फंगस(म्युकरमाइकोसिस) देखिएको हो। अस्पतालका अनुसार ब्ल्याक फंगस संक्रमित एकजनाको मृत्यु भएको छ। बंगलादेशमा पछिल्लो समय कोरोना संक्रमण तीव्र बनेको छ। हालसम्म त्यहाँ करिब आठ लाम संक्रमित भइसकेका छन्। बंगलादेशमा कोरोना संक्रमितमा ब्ल्याक फंगस देखिन थालेपछि त्रास झनै बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्