एक युवा समूह, जसले एकवर्षदेखि सडकमा अलपत्र परेकालाई खाना खुवाउँदैछ काठमाडौं। जय महाँकाल युवा समूहले एकवर्षदेखि सडकमा असहायलाई खाना खुवाउँदै आएको छ। गत वर्ष चैतमा लकडाउन सुरु भएपछि काठमाडौंका विभिन्न स्थानमा खाना खुवाउन सुरु गरेको समूहले अहिलेसम्म पनि कार्यलाई निरन्तरता दिएको हो। समूहका संयोजक लिलानाथ भण्डारीले निषेधाज्ञाका समयमा दैनिक तीनहजारभन्दा बढीलाई खाना खुवाउने काम गरेको बताए। भोकै कोही मर्नु नपरोस् भन्ने उद्देश्यका साथ कार्यलाई निरन्तरता दिइएको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्