मन्त्रालयको आग्रह : सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो, उसैलाई फिर्ता गर्नुस् काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ। आज सूचना जारी गर्दै व्यक्तिगत,संस्थागत,आइसोलेशन केन्द्र र अस्पतालको प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो, उसैलाई फिर्ता गर्न मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आग्रह हुन्। अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिण्डर फिर्ता नगर्दा समस्या आएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्