हुम्लामा अज्ञात रोगले घारमै मर्न थाले मौरी सिमकोट। हुम्लाको सिमकोट गाउँपालिका-७ जबुका गाउँमा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन्। लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण मौरी मर्न थालेको र व्यवसायमा खतरा रहेको बताएका हुन्। मौरी के कति कारणले मरे भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। जिल्लामा एक माना महको एक हजारदेखि १२ सयसम्म मूल्य पर्ने गर्छ। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्