चीनमा धुम्रपानबाट वार्षिक १० लाखको मृत्यु : रिपोर्ट
एजेन्सी। चीनमा हरेक वर्ष धुम्रपानसँग सम्बन्धित विरामीका कारण १० लाखभन्दा बढीले ज्यान गुमाउने गरेको एक नयाँ अध्ययनले देखाएको छ। यही गति कायम रहेमा २०३० सम्ममा धुम्रपानका कारण ज्यान गुमाउनेको संख्या दुईगुणा हुने चेतावनी दिइएको छ। संसारमै सबैभन्दा बढी धुम्रपान गर्ने चिनियाँ नागरिक हुन्। त्यहाँ ३५ करोडभन्दा बढीमा धुम्रपानको आदत छ। चीन र डब्ल्यूएचओले संयुक्त रुपमा नयाँ रिपोर्ट जारी गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्