काठमाडौंमा फोनमार्फत् खाद्यसामग्री मगाउन सकिने
काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक खाद्यसामग्री मगाउन सक्ने व्यवस्था गरेको छ। ९८५१-३२०३१४, ९८५१-१३६७८५, ९८५१-१२१७८८, ९८५१-०२२५६४, ९८५१-०३३३०३, ९८५१-११३६६०, ९८४१-३३२९९० र ९८१३-२७२५६३ मा फोन गरी खाद्यसामग्री घरमै मगाउन सकिने कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। निषेधाज्ञा थप कडा गरिएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो।
प्रतिक्रिया दिनुहोस्