अग्रपंक्तिमा खटिने २४ हजारभन्दा बढी प्रहरीले लगाए कोरोनाविरुद्धको दोस्रो डोज खोप काठमाडौं। कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुमध्ये २४ हजार १६० जनाले दोस्रो चरणमा खोप लगाएका छन्। देशभर हालसम्म ३७ हजार ९६१ जना प्रहरी कर्मचारीले पहिलो चरणको खोप लगाइसकेका छन्। बुधबार र बिहीबार मात्र ३ हजार ३९३ जनाले दोस्रो डोज खोप लगाएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्