काठमाडौं महानगरले भोलिबाट एन्टीजेनमा आधारित कोभिड-१९ परीक्षण सुरु गर्दै
काठमाडौं ।काठमाडौं महानगरले भोलिबाट एन्टीजेनमा आधारित वृहत कोभिड-१९ परीक्षण सुरु गर्ने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा हुने परीक्षणको पहिलो दिन अर्थात भोलि जेठ १४ गते वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडामा परीक्षण हुनेछ। हरेक दिन १० वडा केन्द्रबाट परीक्षण गर्ने योजना महानगरको छ।
प्रतिक्रिया दिनुहोस्