काठमाडौं महानगरपलिकामा ४५ वटा भेन्टिलेटरको व्यवस्था
काठमाडौं। काठमाडौं महानगरपालिकाले कोरोना संक्रमितको उपचार गर्ने उद्देश्यले ४५ वटा भेन्टिलेटरको व्यवस्था गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। त्रिवि शिक्षण अस्पतालमा १०, वीर अस्पतालमा १५, गंगालालमा ५, क्षेत्रपाटीको कोभिड अस्पतालमा ४, मध्यपुर ठिमीमा ३, टेकुमा २, काठमाडौं मोडेल अस्पतालमा २, महेन्द्रनारायण अस्पतालमा २ र अन्य अस्पतालमा २ गरी ४५ वटा भेन्टिलेटरको व्यवस्था गरेको उनले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस्