भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने तीनजना पक्राउ काठमाडौं। भेरी अस्पताल प्रशासनभित्र अनाधिकृत रुपमा प्रवेश गर्ने तथा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात एवम् दुर्व्यवहार गरेको आरोपमा ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दाङको तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने भरतबहादुर रावत, मानबहादुर रावत र लोकराज रावत रहेका छन्। उनीहरुलाई बाँके जिल्ला अदालतबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्