बनेपा र पनौती नगरपालिकालाई स्वास्थ्यसामग्री सहयोग काभ्रेपलाञ्चोक। बनेपा र पनौती नगरपालिकालाई प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले स्वास्थ्यसामग्री सहयोग गरेको छ। कोरोनाको दोस्रो लहरका कारण सङ्क्रमण रोकथाम र नियन्त्रणमा खटिरहेका स्थानीय तहको अभियानमा साथ दिन शुक्रबार नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको समन्वयमा संस्थाका प्रतिनिधिको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको हो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्