डिसेम्बरसम्ममा सबैलाई भ्याक्सिन : भारत
एजेन्सी। भारतले आगामी डिसेम्बरसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने बताएको छ। विपक्षी कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर दिने क्रममा मन्त्री प्रकाश जावडेकरले यसै वर्षभित्र भ्याक्सिन अभियान पूरा हुने बताएका हुन्। उनले भने, ‘स्वास्थ्य मन्त्रालयले त्यो बेलासम्मका लागि २१६ करोड डोजको खाका पेश गरिसकेको छ। डिसेम्बरसम्मका भारतका १०८ करोडभन्दा बढीलाई भ्याक्सिन लगाइसकिने छ।’
प्रतिक्रिया दिनुहोस्