स्वास्थ्य सेवाको सूचकमा सुधार काठमाडौं। सरकारले स्वास्थ्य सेवाको सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण२०७७/७८मा दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने र स्वास्थ्य संस्थामा गई प्रसूति गराउने गर्भवतीको संख्या बढ्दै गएको उल्लेख छ। विसं२०७७ फागुनसम्ममा दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति गराउने महिला७९.३ र स्वास्थ्य सेवामा गई प्रसूति गराउने७७.७ प्रतिशत छन्। यसैगरी नवजात शिशु मृत्युदर, शिशु मृत्युदर, खोप लगाउने बालबालिकाको प्रतिशतमा पनि सुधार आएको छ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्