क्यान्सर अध्ययन संस्थान स्थापना गरिने काठमाडौँ। क्यान्सर रोगसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि आगामी आर्थिक वर्ष २०७८–७९ केन्द्रीय स्तरमा क्यान्सर अध्ययन संस्थान बनाइने भएको छ।। वर्तमान संविधान जारी भएपछि पहिलोपटक आज अध्यादेशमार्फत् ल्याइएको बजेटमा यसबारे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् जानकारी दिएका हुन्। यससँगै क्यान्सर रोगसम्बन्धी विशेष सेवा दिइरहेका अस्पतालहरूलाई यसै संस्थानअन्तर्गत ल्याइने पनि उनले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्