परम्परागत शिक्षा प्रणालीलाई आधुनिक शिक्षा प्रणालीमा गाभिने काठमाडौँ। नेपाल सरकारले आगामी आर्थिक वर्षमा परम्परागत शिक्षा प्रणालीलाई आधुनिक शिक्षा प्रणालीमा गाभ्ने भएको छ। वर्तमान संविधान जारी भएपछि पहिलोपटक आज अध्यादेशमार्फत् ल्याइएको बजेटमा गुरुकुल, बौद्ध गुम्बा शिक्षा आदिलाई आधुनिक शिक्षामा गाभिने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् जानकारी दिएका हुन्। वैकल्पिक शिक्षाका लागि १ करोड २० लाख विनियोजन गरी त्यसैमार्फत् कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्रीले जनाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्