गोरखाको बारपाकमा कोरोनाको उच्च जोखिम
गोरखा। गोरखाको सुलिकोट गाँउपालिकामा ६५ जनामा गरिएको कोरोना एन्टीजेन परीक्षणमा २० जनामा पोजेटिभ देखिएको छ। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले आज गरेको परीक्षणमा यस्तो देखिएको हो। कोभिड महामारीको प्रकोपले उक्त गाउँपालिकामा १२ जनाको ज्यान गुमाइसकेका छन्।करीब ५ हजार जनसंख्या भएको बारपाकमा तत्काल सबैको स्वाब परीक्षण आवश्यक देखिएकाले नेता श्रेष्ठसहित स्वयमसेवक र स्वास्थ्यकर्मीको टोली पुगेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्