गोकर्णेश्वरमा २५ शैय्याको आइसोलेसन
काठमाडौं। गोकर्णेश्वर नगरपालिका–४ स्थित जगडोल सामुदायिक वन क्षेत्रमा रहेको राष्ट्रिय शहीद स्मारकको भवनमा २५ शैय्याको आइसोलेसन सञ्चालन गरेको छ। नगरपालिका, जगडोल सामुदायिक वन उपभोक्ता समूह र लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को सहयोगमा आइसोलेसन सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले बताए। नगरपालिकामा हालसम्म चार हजार ३४८ जना कोरोना सङ्क्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्