निषेधाज्ञा एक साताका लागि थप बझाङ। बझाङमा गत वैशाख १८ गतेदेखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ। आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीेले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्