प्रहरीद्वारा हालसम्म १० हजार ३५० वटा अक्सिजन सिलिन्डर सङ्कलन काठमाडौं। नेपाल प्रहरीले गत वैशाख २६ गतेदेखि हालसम्म १० हजार ३५० वटा सिलिन्डर सङ्कलन गरेको छ। सङ्कलित सिलिण्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी प्रहरीले उपलब्ध गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्