प्रहरीको सक्रियतामा १३० वटा अक्सिजन सिलिन्डर सङ्कलन
काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १३० वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। तीमध्ये ११४ वटा भरिएका र १६ खालि सिलिन्डर रहेका छन्। सङ्कलन गरिएका १३० वटा र यसअघिको स्टक रहेका ५० वटा गरी जम्मा १८० वटा सिलिन्डर सोमबार कोभिड अस्पताल र स्वास्थ्य केन्द्रलाई उपलब्ध गराइएको छ।
प्रतिक्रिया दिनुहोस्