वैज्ञानिकहरु भन्छन्– संकटमा मुस्कुराउनुस्
एजेन्सी। कोरोना कहरको यो अवधिमा कतिपय मानिसले मुस्कुराउन बिर्सेका छन्। वैज्ञानिकहरुको शोधले पहिलापहिला हरर सिनेमा हेर्ने आदत बसेका मानिसहरु अहिले संकट बिर्सन कमेडी सो हेर्न थालेको देखिएको छ। बेलायतको ब्रिस्ट विश्वविद्यालयकी शोधकर्ता लुसी रेफिल्ड भन्छिन्, ‘‘हाम्रा पूर्वजहरु पनि संकटमा मुस्कुराउने प्रयास गर्थे। अहिले हामी कठिन समयमा छौं, त्यसैले मुस्कुराउन खोज्नुस्।’’ उनका अनुसार अहिले मानिसहरु हास्य कार्यक्रममा निर्भर रहन थालेका छन्।
प्रतिक्रिया दिनुहोस्