हामीले कोरोनामाथि जित हासिल गरिसकेका छैनौंः डा.फाउची
एजेन्सी। अमेरिकाका वरिष्ठ महामारीविद् डा.एन्थोनी फाउचीले अहिले नै कोरानामाथि जित हात पारिसकेको भन्नु हतार हुने बताएका छन्। दि गार्जियन अखबारसँग उनले भने, ‘‘हामी समयभन्दा अघि नै जितको घोषणा गर्न चाहँदैनौं, किनकि अझै अगाडि जानु छ। जति बढी समुदायमा खोप पु¥याउन सकियो उति नै सुरक्षित हुने हो। भाइरसको नयाँ भेरिएन्टले भ्याक्सिनलाई कम प्रभावकारी बनाइदिन पनि सक्छ।’’
प्रतिक्रिया दिनुहोस्